त्रिभुवन विमानस्थलमा थामिनसक्नु भीड (भिडियो सहित )

त्रिभुवन विमानस्थलमा थामिनसक्नु भीड (भिडियो सहित )

सरकारले निषेधाज्ञालाई कडा बनाउँदै आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छाड्नेहरुको भीड बढेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो ।

आन्तरिक उडान आजबाट रोकिएको छ भने अन्तर्राष्ट्रिय उडान मध्यरातिबाट रोकिँदै छ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको हो । आगामी २३ गतेपछिको उडान टिकट भएका विमान कम्पनीहरुले समेत संशोधन गरेर त्यसअगाडि नै यात्रु उडाउन लागेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सम्पूर्ण आवागमनमा रोक लगाउने तयारी गरेको छ । बैशाख १६ गतेदेखि एक साताको लागि जारी गरिएको काठमाडौंको निषेधाज्ञा सरकारले पुनः एक साता थपेको छ । काठमाडौं उपत्यका बाहिर ४० भन्दाबढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

टिप्पणीहरू