रुपन्देहीका तस्करले प्रहरीकाे टाउकाे फुटाए

रुपन्देहीका तस्करले प्रहरीकाे टाउकाे फुटाए

रुपन्देहीकाे सीमावर्ति क्षेत्रमा काेराेना महामारीकाे बेला पनि तस्करी राेकिएकाे छैन । काेभिड संक्रमणकाे कारण प्रहरी प्रशासनले सडकमा हिंड्नेलाई एक महिना जेल हाल्ने अभियान चलाएकाे भएता पनि सीमावर्ति क्षेत्रमा भने तस्करी राेक्न प्रहरीलाई हम्मे हम्मे परेकाे छ ।

जिल्लाकाे बुचीस्थित सशस्त्र प्रहरीका पाेस्ट ईन्चार्ज राधे बम्जनमाथि तस्करहरुले दिउँसै आक्रमण गरेका हुन् । तस्करी राेक्न खाेज्दा सशस्त्र निरीक्षककाे टाउकाेमा गम्भीर चाेट लागेकाे र टाउकाेमा ७ वटा टाँका लगाईएकाे छ ।

चाेटपटककाे सम्बन्धमा प्रहरी निरीक्षक बम्जनलाई बुझ्दा उनले घटना सामान्य भएकाे भनेर तर्किए । उनले भने,”याे बिषयमा माथि बुझ्नु हाेला । “

स्थानीय प्रशासनले राति ८ बजेदेखि बिहान ४ बजेसम्म पसल गाेदाम खाेल्न अनुमति दिएकाे छ । रुपन्देहीकाे ५९ दशमलव ४ किलाेमिटर क्षेत्र भारतसंग जाेडिएकाे खुल्ला सिमाना हाे ।

तस्करहरुले यतिबेला भारतबाट विभिन्न खाद्य पदार्थ,कुखुरा, ईन्भर्टर,ब्याट्री,चामल,चिनी, किराना समान,हार्डवेयरका समान,कपडाहरु अबैध रुपमा नेपाल भित्राईरहेका छन् ।

टिप्पणीहरू