नेपाल बैंकको एटिएममा हमला

नेपाल बैंकको एटिएममा हमला

मंगलबार दिउँसो रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटिएम मेसिनमा तोडफोड भएको छ । एटिएम मेसिनमा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगरपालिका वडा नम्बर १ का ३० बर्षीय भीमबहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निरीक्षक डेकेन्द्र शर्माका अनुसार एटिएम मेसिनमा तोडफोड गरेर चोरी गर्न लाग्दा मेनेजरले सिसिक्यामराबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै नजिकैको प्रहरीले भीमबहादुरलाई नियन्त्रणमा लिएकोे थियो । एटिएम फोर्ने र पैसा चोरी गर्ने नियतले भीमबहादुरले त्यसो गरेको बैंकका प्रबन्धक शशीराम के.सी.ले बताए ।

प्रबन्धक के.सी.का अनुसार सप्पल प्रहारपछि एटिएम मेसिन बिग्रेको छ । नियन्त्रणमा लिईएका भीमबहादुर उपर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू