प्रधानमन्त्री कार्यालयबाटै पास दुरुपयोग « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

प्रधानमन्त्री कार्यालयबाटै पास दुरुपयोग



तीन वटै जिल्ला प्रशासनले काठमाडौं उपत्यकामा पाँच दिनदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउने,अनावश्यक पास वितरण नगर्ने र अत्यावश्यक काममा मात्र सवारी साधन प्रयोग गर्न आग्रह गरिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट छुट्टै सवारी पास वितरण गरिएको पाइएको छ ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडका भान्छे विजय लोहियाको नाममा बा १६ च ४६५४ नम्बरको निजी गाडीलाई निषेधाज्ञा अवधिभर गुडाउन पाइने गरी पास वितरण गरिएको भेटिएको हो ।

मन्त्रिपरिषद् कार्यालयका सहसचिव बुद्धबहादुर गुरूङको हस्ताक्षर रहेको सवारी पासले गम्भिर प्रश्न उब्जाएको छ । निषेधाज्ञा जारीको अधिकार स्थानीय प्रशासनलाई भएकाले सोसम्बन्धी सम्पूर्ण शर्त र व्यवस्था पनि उसैको हो ।

तर,राज्यको उपल्लो तहमा रहेकाहरूले आफ्ना सहयोगी, हुक्के र बैठकेको नाममा बाँडेको सवारी पास र उनीहरूले गुडाएको सवारी साधनले निषेधाज्ञामा पनि राजधानीको सडकमा अस्वाभाविक भीड बढाएको पाइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो
कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण