अस्ताए न्याय क्षेत्र र पर्यटनका खम्बा « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

अस्ताए न्याय क्षेत्र र पर्यटनका खम्बा



न्यायपरिषद सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर “निराला” खड्काको मंगलबार ७७ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणले यस्तो भएको हो ।

सिराहा लडकबाहमा जन्मेका निरालाले शुरुमा जनकपुरलाई कर्मथलो बनाएर पैंतालिस बर्ष कानुन व्यवसाय गरेका थिए । उनले अग्रज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र कुसुम श्रेष्ठसंगै नेपाल ल फर्मबाट वकालत सुरु गरेका हुन् । उनी तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि महान्यायाधिवक्ता बनेका थिए ।

प्रधानमन्त्री केपी ओलीको कोटाबाट पोहोर परिषद सदस्य पद नियुक्त भएका निराला स्वच्छ र निर्भिक छविका थिए । निरालाको आजै पशुपति आर्यघाटमा दाहासस्कार गरिदै छ ।

उनको निधनप्रति पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश,कानुनव्यसायी, कर्मचारीलगायतले सामाजिक संजालमार्फत गहिरो दु:ख व्यक्त गरेका छन् ।

यसैवीच काभ्रेको सफल पर्यटकीय प्रोजेक्ट आगन्तुक रिसोर्टका संचालक हरि नेपालको पनि कोरोनाका कारण मृत्यु भएको छ । संक्रमणका कारण मेडिसिटी अस्पताल, नख्खुमा उपचार गराईरहेका नेपालको आज बिहान मृत्यु भएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो
कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण