औषधीमा ठग्न खोजे कसलाई भन्ने ? « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

औषधीमा ठग्न खोजे कसलाई भन्ने ?



बजारमा औषधिको कृत्रिम अभाव सृजना गरेर अस्वाभाविक मूल्यबृद्धि गर्नेहरु कारवाहीमा पर्ने भएका छन् ।

औषधि व्यवस्था विभागले अभाव सृजना गरेर तोकिएको खुद्रा मूल्यभन्दा बढीमा बिक्री बितरण गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

औषधि व्यवसायीहरुले कोरोना संक्रमित बिरामीहरुका लागि प्रयोग हुने रेमड़ेसिभीरलगायतमा अभाव सृजना गरी मूल्यबृद्धि गरेको भन्ने जनगुनासो बढिरहेका बेला विभागले कारवाहीको तयारी थालेको हो ।

‘न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रि वितरण भैरहेको भन्ने जनगुनासो प्राप्त हुनुका साथै विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’,विभागले भनेको छ ।

विभागले तोकिएको खुद्रा मूल्यभन्दा बढीमा खरिद नगर्न उपभोक्तालाई पनि सतर्क गराएको छ। तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गर्ने चेतावनी दिँदै विभागले गुनासो सम्बोधनका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

औषधिमा कालोबजारी भएको पाइए सन्तोष केसी -९८५११८२०८७ र उषा तन्डुकार -९८४१३८५६४६ मा सम्पर्क गर्न विभागले उपभोक्तालाई आग्रह गरेको छ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो
कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण