भारत कोरोनाको तेस्रो चरणमा ?

भारत कोरोनाको तेस्रो चरणमा ?

विश्वभर कोरोना महामारीको दोस्रो लहर चलेको समाचार बाहिरिँदा छिमेकी भारतमा कोभिड–१९ को लहर दोस्रो नभएर तेस्रो भएको बताउन थालिएको छ ।

कोभिड–१९ टास्क फोर्सका जिम्मेवार व्यक्तिहरुले भारतमा देखिएको संक्रमणको भयावह रुपलाई तेस्रो लहरको आशंका गरेका छन् । यो अवस्थामा कुनै आइसोलेसन भन्ने नै हुँदैन । सर्वत्र कोरोनाफैलिएपछि त्यसको कुनै सीमा नहुने अवस्थालाई तेस्रो चरण भनिन्छ ।

समुदायमा रोग सर्न कोही बाँकी नहुने अवस्था उत्पन्न भएपछि बढीमा दश दिनभित्र अहिलेको परिस्थिति बिष्फोट हुनसक्ने बताइएको छ ।

सामाजिक सञ्जालहरुमा ‘बाहिर जता निस्के पनि,जे किन्न गए पनि कोरोना मात्रै भेटिने उल्लेख गर्दै भनिएको छ-विगतमा गरिने कोभिडसम्बन्धी जोकहरुको उपादेयता अब सकिएको छ ।’

भारतमा दिनहुँ सरदर तीन लाख व्यक्ति संक्रमित हुन थालेका छन् भने औसतमा दैनिक २५ सय संक्रमितको निधन हुन थालेको छ । हालसम्म भारतमा २ करोड २ लाख जनाभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ ।

२ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । झण्डै १ करोड ६५ लाखभन्दा बढीले कोरोनालाई परास्त गरेका छन् ।

टिप्पणीहरू