कोरोनाले अस्ताएका शिक्षकहरू

कोरोनाले अस्ताएका शिक्षकहरू

कोरोना महामारीका कारण पछिल्लो एक सातामा दैनिक औसत ३० जनाको हाराहारीमा ज्यान गएको छ । महामारीले सबै पेशा,वर्ग,धर्म र लिंगलाई लपेटेको छ ।

महामारीका कारण अहिलेसम्म २१ जना शिक्षकले ज्यान गुमाइसकेका छन् । सोमबारसम्म प्राप्त जानकारीअनुसार देशभरबाट २१ जना शिक्षकको मृत्यु भएको छ ।

संक्रमणका कारण ज्यान गुमाउनेहरूमा बाँकेकी मनिषा थापा,रुपा चटर्जी,बर्दियाकी दुर्गा रेग्मी,कन्चनपुरका लोकराज भट्ट तथा मन्जु केसी,बर्दियाकी पार्वती न्यौपाने,जाजरकोटका हरिभक्त रोकाया,डडेलधुराका धर्मानन्द ओझा,दाङका नवराज कालाथोकी,मदनकुमार शर्मा रहेका छन् ।

त्यसैगरी नवलपरासीका घनश्याम चौधरी,ललितपुरका नवराज सापकोटा,चन्द्रावती गुरुङ, सञ्जीव पन्त,गुल्मीका बमबहादुर कुँवर,रुकुमका टेकबहादुर पाण्डे, मकवानपुरकी बसुधा खड्गी, रुपन्देहीका नारायण ज्ञवाली, नवककदेश्वर चौधरी,महोत्तरीका रामबाबु यादव तथा कैलालीका निर्मल मिश्र रहेका छन् ।

कोरोना दोस्रो लहरको संक्रमणमा पनि कैयौं शिक्षक तथा विद्यार्थी परिसकेका छन् ।

टिप्पणीहरू