भन्नलाई विमानस्थल ठप्प, तर नयाँ दिल्ली उडान हप्ताको दुई दिन

भन्नलाई विमानस्थल ठप्प, तर नयाँ दिल्ली उडान हप्ताको दुई दिन

सरकारले कोरोना महामारी रोक्ने उद्देश्यले आज मध्यरातदेखि आन्तरिक र २३ गतेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

तर, यसबीचमा नयाँ दिल्लीको लागि हप्ताको दुई दिन नेपाल वायुसेवा र एअर इण्डियाका विमानले उडान गरिरहने बताइएको छ । एअर बबलअन्तर्गत उक्त उडान हुने बताइएको छ ।

यसबीचमा आवश्यकताअनुसार कार्गो फ्लाईट पनि हुनेछ । तर, कार्गोलाई सरकारको अनुमती आवश्यक पर्ने बताइएको छ मात्र ।

सोमबार साँझसम्म महामारी रोकथामको लागि आवश्यक औषधी, खोप तथा अन्य स्वास्थ्य सामाग्रीको निम्ति मगाइएको वा ल्याउन कुनैपनि कार्गो फ्लाइटको तय नभइसकेको त्रिभुवन विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू