हँसियाले श्रीमान छप्काउने श्रीमती पक्राउ

हँसियाले श्रीमान छप्काउने श्रीमती पक्राउ

काभ्रेपलाञ्चोकमा श्रीमतीले हँसिया प्रहारबाट श्रीमानको ज्यान लिएकी छन् ।

प्रहरीका अनुसार पाँचखाल नगरपालिका–१२ मा श्रीमतीले हँसिया हानेर श्रीमानको हत्या गरेकी हुन् । राममाया दनुवारले श्रीमान् निराजनको हत्या गरेको बालुवा प्रहरी चौकीका हवल्दार अनिलकुमार कानुले बताए ।

राममायालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । मृतक निराजनको शव पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू