मन्त्रीको रिपोर्ट सामान्य,उपसचिवको सरुवा पनि त्यस्तै

मन्त्रीको रिपोर्ट सामान्य,उपसचिवको सरुवा पनि त्यस्तै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना हिजोसम्म कार्यालयमा अनुपस्थित रहेपछि सबैले उहाँलाई पनि कोरोना संक्रमण भएको आशंका गरे ।

नभन्दै आइतबार मन्त्रीका छोराको परीक्षण रिपोर्ट पोजिटिभ आयो तर,उहाँको भने रिपोर्ट नेगेटिभ आएको मन्त्रालय स्रोतले बताएको छ ।

चार पाँच दिनदेखि मन्त्री ठगुन्ना मन्त्रालय नआएपछि सबैले एउटै आशंका गरेका थिए । तर त्यसो नभएको उहाँको सचिवालय स्रोतले उल्लेख गरेको छ ।

यसैबीच मन्त्रालयले ९४ जना उपसचिवको पदस्थापन कार्य सिध्याएको छ । लोकसेवा आयोगको परीक्षा उत्तिर्ण गरेर आएकाहरूलाई विभिन्न आयोग, कार्यालय,निकायका रिक्त स्थानमा पदस्थापन गरिएको बताइएको छ ।

मन्त्रालयका एकजना सहसचिवले भने ‘यसपटक खाली ठाउँ देखाउँदै उनीहरूलाई पदस्थापन हुने ठाउँ रोज्न लगाएर पठाइयो ।’

टिप्पणीहरू