बुटवल-रुपन्देहीमा उपचाररत ६ जना बिते

बुटवल-रुपन्देहीमा उपचाररत ६ जना बिते

बुटवलमा कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही,अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार बुटवल-४ का ८४ वर्षीय पुरुष,बुटवल ९ का ६१ वर्षीय पुरुष,बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष,शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू