कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा (भिडियो सहित ) « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा (भिडियो सहित )



हिजो मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठवन्धनमा उभिएका सूर्य चिन्हधारी दुई स्वतन्त्र सांसदले रातारात कित्ता परिवर्तन गरेका छन् । प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही रातारात युटर्न भएर सत्ताधारीकै पक्षमा फर्किएका हुन् ।

कपिलवस्तु २ (ख) बाट निर्वाचित श्रीवास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख)बाट निर्वाचित शाही हिजो एकाएक मुख्यमन्त्री पोखरेलविरुद्ध उभिएका थिए । विपक्षी गठवन्धनमा सही धस्काएर हिजो प्रदेश प्रमुखको कार्यालय घेर्न गएका उनीहरु आज सबेरै अर्को कित्तामा पुगेका हुन् ।

उनीहरुले आज विज्ञप्ति निकालेर एमाले प्रदेशसभा दलमै प्रतिवद्ध रहेको बताएका छन् । विपक्षी गठवन्धनका तर्फबाट सरकार गठनका लागि गरिएको दाबीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गरिएको भन्दै उनीहरुले बदनियत र त्रुटीपूर्ण भनेका छन् ।

मुख्यमन्त्री पोखरेलप्रति आफ्नो समर्थन रहेको प्रष्ट पार्दै उनीहरुले यसलाई कानुनी र नैतिक रुपले स्वभाविक भनेका छन् ।

संघीय सरकारको मन्त्री रहनुभएका हृदयेश त्रिपाठीको निर्देशनमा उनीहरु पोखरेलतिर फर्किएको अनुमान गरिएको छ । त्रिपाठी प्रधानमन्त्री केपी ओलीले मन पराएको पात्रका रुपमा चिनिनुहुन्छ । एमालेका एक से एक नेतालाई पछाडि पारेर आफूलाई काखी च्याप्ने प्रधानमन्त्री ओलीका विश्वासपात्रलाई संकट परेका बेला गुण तिर्न त्रिपाठीले रातारात दुई सांसदलाई मनाएको विश्लेषण गरिएको छ ।

सूर्य चिन्हबाट स्वतन्त्र सांसद जित्नुभएका त्रिपाठीलाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मा दिनुभएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आफ्नै होटलमा सञ्चालककी श्रीमतीले गरिन् आत्महत्या
पूर्वमा कोरोनाको अवस्था बिकराल
प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो
कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन