बेड थपिने अस्पतालहरुको विवरण

बेड थपिने अस्पतालहरुको विवरण

कोरोनाका गम्भीर बिरामीको संख्या बढ्दै जाँदा अस्पतालमा शय्या (बेड)अभाव हुन थालेपछि सरकारले देशभरका अस्पतालमा करिव सात हजार शय्या थप्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिए ।

केही दिनयता लक्षणसहितका सङ्क्रमितको संख्या बढेपछि उपचारका लागि अस्पतालमा शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालको शय्या भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो । शय्या थप गरिएपछि सङ्क्रमित बिरामीलाई उपचार गर्न सहज हुने डा. अधिकारीको भनाइ छ ।

उनकाअनुसार नेपाल प्रहरी अस्पतालमा ३५०,राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/ सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा. अधिकारीले काठमाडौं मेडिकल कलेज,नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने पनि जानकारी दिए ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०,पाटनस्थित मानसिक अस्पतालमा २५,पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००–/५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् । उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् ।

अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् । उक्त अस्पतालमा २ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा हाल ८० जना संक्रमितको उपचार भइरहेको छ ।

टिप्पणीहरू