विश्वासको बीचमा अविश्वास, कत्तिको सम्भव छ ?

विश्वासको बीचमा अविश्वास, कत्तिको सम्भव छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने समाचार बाहिरिएसँगै विपक्षी दलहरूले अविश्वासको प्रक्रिया पनि सँगै अघि बढाउने विकल्पउपर छलफल शुरु गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिँदा आवश्यक बहुमत पुगेन भने सरकार स्वतः कामचलाउ परिणत हुन्छ । त्यसपछि संविधानको धारा ७६ (१) को सरकार स्वतः धारा ७६ (२) मा परिणत हुनेछ । प्रधानमन्त्रीको रणनीतिलाई नजिकबाट नियालेका कानुनविद्हरूले तत्काल धारा ७६ (२) बमोजिम सरकार गठनको लागि बाटो थुन्नसक्ने संशय व्यक्त गरेका छन् ।

संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने व्यवस्था गरिएको छ भने (२) मा उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भनिएको छ ।

यता, विश्वासको मत लिने क्रममा एमालेभित्रैका माधव नेपाल तथा झलनाथ खनालपक्षीय सांसदहरूले फ्लोर क्रस गरेको अवस्थामा उनीहरूको पद स्वतः जाने छ । तर,पूरै एमालेले समर्थन गरे पनि प्रधानमन्त्रीलाई विश्वासको मत पुग्दैन । त्यस्तो अवस्थामा सरकार ढल्नेछ । त्यहि बीचमा सरकार कामचलाउमा परिणत भए पनि ७६ (२) मा फर्कन नदिने खेललाई निकै सतर्कतापूर्वक अघि बढाउन सकिने आँकलन गरिएको हो ।

हिजो लुम्बिनी प्रदेश सभामा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा,त्यसपछि संसद अधिवेशनको अन्त्य र पछि बहुमतको आधारमा भन्दै नयाँ सरकारको ठाडो गठनलाई आगामी साता बोलाइएको प्रतिनिधि सभाको अधिवेशनसँग जोडेर हेरिएको हो ।
त्यसैले सेकेण्ड सेकेण्डको हिसाब गरेर विपक्षी दलले त्यसबीचमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरिएको बुझिएको छ ।

विश्वासको मतका लागि महन्थ ठाकुर समूहको हालको संख्याले मात्रै होइन,नेमकिपा र राप्रपाले मत हाल्दा पनि धराप बहुमत पुग्ने हुन्छ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीको पक्षमा मतदान नगर्ने लगभग टुंगो लगाइसकेको छ ।

टिप्पणीहरू