पुरानैले फेरि सबलाई चित्त बुझाएर पाए पद

पुरानैले फेरि सबलाई चित्त बुझाएर पाए पद

उदयपुरको दाेस्राे ठूलो बजारकाे हर्ताकर्ता बेल्टार बसाहा उद्योग वाणिज्य संघकाे नेतृत्व चयन सम्पन्न भएकाे छ ।

विभिन्न कारणले गर्दा ६ वर्षपछि भएको यस निर्वाचनमा नेतृत्व हत्याउन धेरै चलखेल भए पनि व्यापारीहरूको समग्र हितको लागि पुन:एकपटक पुरानै समितिलाई दाेहर्याउन सबै सहमत भएका छन् ।

यथावत रहेकाे समितिको अध्यक्षमा पवन कार्की,उपाध्यक्ष कुमार ल्वागुन र चुना थापा,कोषाध्यक्षमा तेजनारायण साह,महासचिवमा राजकुमार देव र सचिवमा पार्वती राई रहेका छन् ।

अन्य सदस्यमा आरती राई,किशोर कार्की,महेन्द्र प्रधान,श्याम तिम्सिना,राजकुमार खड्का र भीम कटवाल चयन भएका छन् । संघले ६ वर्षपछि गत चैत २७ गते अधिवेशन खुल्ला गरे पनि नेतृत्व चयन हुन सकेको थिएन ।

टिप्पणीहरू