छापामार शैलीमा मुख्यमन्त्रीलाई शपथ

छापामार शैलीमा मुख्यमन्त्रीलाई शपथ

विपक्षी ४२ जना साँसदले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवकाे कार्यालय बाहिर धर्ना दिएता पनि ती सबैलाई छक्काउँदै ३६ जनाकाे समर्थनमा सिमित हुनुभएका नेता शंकर पाेखरेललाई अहिले राती मुख्यमन्त्रीमा सपथ ग्रहण गराउनुभएको छ ।

यसक्रममा केही माननीयमाथि सुरक्षाकर्मीहरुबाट लछारपछार गरिएको आरोप छ ।सामान्यतया यस्तो शपथ प्रधानमन्त्रीको हकमा रास्ट्रपति भवनमा र मुख्यमन्त्रीको हकमा प्रदेश प्रमुखको कार्यालयमा गराउने चलन छ । तर आज यो रीति तोडिएको छ ।

बहुमतको आग्रह लत्याउँदै प्रदेश प्रमुख तथा पूर्व एमाले नेता साह अल्पमतका मुख्यमन्त्रीलाई शपथ खुवाउन भूमिगत पाराले मुख्यमन्त्रीकै कार्यालयमा हाजिर हुनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र माओवादी अध्यक्ष शेरबहादुर देउवा तथा पुष्पकमल दाहालले सेना र प्रहरीको घेरावीच भएको यस्तो अलोकतान्त्रिक कार्यको घोर निन्दा गर्नुभएको छ ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले आज नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । त्यसैगरी,आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री हरि रिजाल,भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डे र भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले पनि सपथग्रहण गर्नुभयो ।

टिप्पणीहरू