होटल साहुजीलाई जसले मारे..

होटल साहुजीलाई जसले मारे..

गुल्मीबाट हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले समातेको हो ।

पक्राउ पर्नेहरुमा ईश्मा गाउँपालिका–१ बस्ने २० वर्षीय सुशीलकुमार र सोही ठाउँ बस्ने १८ वर्षीय दुई जना किशोर छन् ।

गत भदौ २२ गते बिहान मोती बहादुरलाई उनकै होटेलभित्र रगताम्य भई बेहोस अवस्थामा दाइ यमबहादुर कुँवरले फेला पारी तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनामा संलग्न भएको प्रमाणपछि उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ २१ गते राती मोतीबहादुरको होटलमा रक्सी पिउने क्रममा ३ गते राती तीजको मेला हेर्न राहाले जाँदा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाइट देखाएको विषयमा भएको झगडापछि उनको हत्या भएको थियो ।

पक्राउ परेका तीनै जना अभियुक्तविरुद्ध जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसैवीच मोरङको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

जिल्लाको रतुवामाई नगरपालिका–९ स्थित सडकमा प्र १–०२–०४१ प २६६४ र प्र १–०२–०४४ प २६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा प्र १–०२–०४१ प २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका–७ गडिझार बस्ने २७ वर्षीय ललित कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते कटुवालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालक रंगेली नगरपालिका–५ का २१ वर्षीय मञ्जय ठाकुर र सोही मोटरसाइकलमा सवार रंगेली नगरपालिका–३ का ३० वर्षीय नवीन ठाकुरको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू