भिआइपीहरुलाई पनि कोरोना पोजिटिभ

भिआइपीहरुलाई पनि कोरोना पोजिटिभ

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज गरिएको स्वाव परिक्षणमा मन्त्री ढकाल दम्पत्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझी,उद्योग मन्त्री लेखराज भट्ट र खानेपानी मन्त्री मणिचन्द्र थापा सँक्रमित भइसकेका छन् ।

मुलुकका भीभीआईपीमध्ये पूर्वराजा–रानी ज्ञानेन्द्र शाह र कोमल,पूर्वप्रधानसेनापति रूक्माङ्गत कटवालहरू संक्रमित भइसकेका छन् ।

यस्तै एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि संक्रमित भएपछि हिजो साँझदेखि अस्पताल भर्ना हुनुभएको छ ।

टिप्पणीहरू