कोरोना संक्रमणको उच्च जोखिममा सशस्त्र प्रहरी

कोरोना संक्रमणको उच्च जोखिममा सशस्त्र प्रहरी

कोभिड–१९ को संक्रमण बढेसँगै अन्तर्राष्ट्रिय सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरु पनि उच्च जोखिममा परेका छन् ।

भारतबाट फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाइएको छ । यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिएका नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु समेत संक्रमित भएका हुन् ।

तीमध्ये सीमा सुरक्षार्थ परिचालित सशस्त्र प्रहरी जवानहरु संक्रमणको उच्च जोखिममा परेका हुन् । सशस्त्र प्रहरी बलका १ हजारभन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड–१९ बाट संक्रमित भइसकेका छन् भने ५ जना आइसोलेसनमा बसेका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायव महानिरीक्षक राजु अर्यालका अनुसार कोभिड–१९ को दोस्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भइसकेका छन् ।

सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भए पनि संक्रमितको चाप बढेकाले चुनौती थपिएको छ ।

अस्पतालको चापलाई थेग्न स्वास्थ्यसँग सम्बन्धित जनशक्ति अपुग भएको भन्दै उहाँले वर्तमान अवस्थामा आवश्यक जनशक्तिसँगै प्राविधिक सामाग्री थप्न सके अस्पतालले कोभिड–१९ विरुद्धको उपचारमा महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी हालसम्म ४० हजार बढी सुरक्षाकर्मी कोरोना संक्रमित भइसकेका छन् । कोभिड–१९ का कारण १० जना सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् ।

टिप्पणीहरू