यसै त कन्सुलर सेवा त्यसमा पनि निषेधाज्ञा लागू

यसै त कन्सुलर सेवा त्यसमा पनि निषेधाज्ञा लागू

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको मुख्य काम भनेकै नेपालबाट विदेश जाने सबैको आवश्यक कागजातमा छाप लगाएर प्रमाणित गर्ने हो । पुलिस रिपोर्टलगायतका कागजातमा विभागको छाप नलगाएसम्म विदेशमा त्यसले मान्यता पाउँदैन ।

विगतमा कागजात प्रमाणित गर्न निकै आपत पर्ने उक्त विभाग अहिले बन्द छ । पहिले २५ जनाको दरले भित्र छिराइन्थ्यो । त्यसरी बाहिरबाट खटाएर मान्छे भित्र छिराउने कामको व्यवस्थापन म्यानपावर कम्पनीलाई दिने भनियो ।

२५ जनालाई भित्र पठाउँदा नपठाउँदै बाहिर २० गुणा मान्छे भइहाल्थे । पछि त्यो निर्णयलाई पनि उल्टाइयो । स्रोत भन्छ ‘म्यान पावरबाट खटिएका सुरक्षाकर्मीले नै च्यानल मिलाएर कागजात ल्याउन थालेपछि समस्या पर्यो ।’

अहिले त्यहाँको दोस्रो हाकिमचाँहि चक्र सुवेदी छन् । उनी हालै बेलायतबाट फर्किएका राजदूत तथा सहसचिव दुवसु क्षेत्रीका माइला भाइ हुन् । महानिर्देशक जीवन श्रेष्ठ सेवानिवृत्तको मुखमा पुगेका छन् । उनी जेठ २० गते सेवानिवृत्त हुने भएकाले राजदूत बन्ने पर्खाइमा छन् ।

ठ्याक्कै एक महिना बाँकी रहेकाले राजदूत हुने सम्भावना पनि क्षीण देखिँदै गएको छ ।
पछिल्लो अवस्थामा परराष्ट्र र कूटनीतिक नियोगको हालखबर के छ भनेर सोधिएको जिज्ञासामा परराष्ट्र स्रोत भन्छ ‘विदेशबाट लास आउन छाडेको छ ।

अन्तर्राष्ट्रिय उडान कम भएकाले त्यो काम पनि रोकिएको हो । हाम्रो कूटनीतिक क्षमता यसै कमजोर थियो, झन् अहिले खस्केको छ ।’

टिप्पणीहरू