ह्वात्तै बढ्यो कोरोना

ह्वात्तै बढ्यो कोरोना

आज २७ को मृत्यु ७ हजार बढिमा संक्रमण मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको ज्यान गएको छ भने ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बताइएअनुुसार १६ हजार ७ सय ७० जनामा गरिएको परिक्षणबाट हालसम्मकै उच्च ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ६ सय २३ जनामा गरिएको एण्टिजेन परिक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ रहेका छन् । जसमा काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ भेटिएका छन् ।

टिप्पणीहरू