मन्त्री हृदयेश त्रिपाठीनिकट एक साँसदको राजीनामा,अरु दुई जना एमाले छाडी विपक्षी क्याम्पमा

मन्त्री हृदयेश त्रिपाठीनिकट एक साँसदको राजीनामा,अरु दुई जना एमाले छाडी विपक्षी क्याम्पमा

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद दीर्घनारायण पाण्डे (कपिलवस्तु) ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुन: नियुक्ति भएको केहीबेरमै पाण्डेको राजीनामा बाहिरिएको हो ।

कपिलवस्तु २ (क)बाट निर्वाचित पाण्डेले भर्खरै सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । त्यस्तै, एमालेकै धर्मबहादुरलाल श्रीवास्तव (कपिलवस्तु) र अजय शाही (पश्चिम नवलपरासी) ले चाहिँ एमाले छाडी मुख्यमन्त्री बिरोधी क्याम्पमा हस्ताक्षर गरेको बताइएको छ ।

यी तीनै जना हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताको नेतृत्वमा एमालेको सूर्य चिन्हअन्तर्गत बिजयी भएका थिए । केन्द्रमा मन्त्री रहँदारहँदै हृदयेश किन प्रधानमन्त्री केपी ओलीसङ्ग बिच्किए बुझ्न सकिएको छैन । सम्भवत: उनी नयाँ पार्टी गठन गर्ने तयारीमा छन् ।

आजै बिहान एमाले सांसद विमला ओलीले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

टिप्पणीहरू