अल्पमत र बहुमतको परीक्षण अब कसले गर्ने ?

अल्पमत र बहुमतको परीक्षण अब कसले गर्ने ?

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल आज बिहान राजीनामा दिएर अहिले फेरि मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले पुनः नियुक्त गर्नुभएको हो ।

एमालेले बहुमत गुमायो भन्दै काङ्ग्रेस,माओवादी र जनमोर्चा केही बेरअघि एकल बहुमतको सरकार नबनाउने अनुरोधसहित प्रदेश प्रमुखकोमा पुगेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका २ र जसपाका ४ गरी ६ सांसद कारवाहीमा परेपछि ८१ मा सीमित छ । जसमध्ये एमाले एक्लैको ४१ सांसद थियो,जुन सरकार बनाउन पुग्ने संख्या हो । तर,नेकपाबाट उपनिर्वाचनमा निर्वाचित दाङकी विमला ओली माओवादीमा लागेपछि एमालेले बहुमत गुमाएको छ ।

बहुमत गुमाइसकेको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि विपक्षी गठवन्धनले आपत्ति जनाएको छ ।

टिप्पणीहरू