माेटरसाइकल दुर्घटनामा एक घाइते

माेटरसाइकल दुर्घटनामा एक घाइते

मदन भण्डारी राजमार्गअन्तरगत चाैदन्डीगढी नपा-१० खैराझाेडामा माेटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

घाइते २२ वर्षीय युवक दिपक चाैधरी भएको पहिचान खुलेको छ । उनी सप्तरी कञ्चन रूप नगरपालिका वडा नम्बर १० का बासिन्दा हुन् । प्रदेश २–०१–००१– प २९५६ नं को मिलिटरी ग्रिन रङको मोटरसाइकलमा सवार थिए । उनलाई अचेत अवस्थामा फेला पारिएको थियोे ।

आज मध्याह्न १२ बजेतिर साे दुर्घटना भएको प्रत्यक्षदर्शी एक गाउँलेले बताए । उनलाई उपचारार्थ बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गाैतमले बताएका छन् । उनको अवस्था स्थिर रहेको छ ।

टिप्पणीहरू