हतियारसहित एक पक्राउ, चार फरार

हतियारसहित एक पक्राउ, चार फरार

प्रहरीले भरुवा बन्दुक र केही धारिलो हतियारका साथ एक युवालाई पक्राउ गरेको छ ।

सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान ब्याट्रीसहित सोही गाउँपालिका बस्ने दिलबहादुर भन्ने ३४ वर्षीय गंगाबहादुर गिरीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गिरीसहित ५ जना शिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किएको आवाज सुनेपश्चात् प्रहरी चौकी वाकुबाट खटिएको प्रहरीले शनिबार साँझ उनलाई पक्राउ गरेको हो ।

गिरीसँग शिकार खेल्न गएका अन्य ४ जना भने प्रहरीलाई देखेपछि हतियार फालेर फरार भएका थिए । फरार अन्य चार जनाको खोजीका साथै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू