राष्ट्रपतिले गर्नुहोला त लुम्बिनीको प्रदेश सभा विघटन ?

राष्ट्रपतिले गर्नुहोला त लुम्बिनीको प्रदेश सभा विघटन ?

लुम्बिनी प्रदेशका एक माननीय माओवादी केन्द्रमा लागेपछि बहुमत गुमाएको एमालेले त्यसबारे छलफल गरेको छ । लुम्बिनी प्रदेशबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ।

स्रोतका अनुसार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले लुम्बिनी घटनाक्रमको ब्रिफिङ लिएर शीतलनिवास जानुभएको छ ।

लुम्बिनीमा एमालेले बहुमत गुमाएसंगै प्रदेशसभा विघटनको सम्भावना बढेको भनिएका बेला प्रधानमन्त्री र राष्ट्रपतिको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री कार्यालयले नियमित भेटघाट भनेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाटपछि प्राय: नयाँ कदम चालिने गरिएकाले आजको भेटलाई पनि चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू