आयल निगमका हाकिमहरु कोरोनाले हैरान « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

आयल निगमका हाकिमहरु कोरोनाले हैरान



बबरमहलस्थित नेपाल आयल निगमको मुख्य कार्यालयमा आधा दर्जन कर्मचारी कोरोना भाइरसको दोस्रो लहरबाट संक्रमित भएका छन् ।

निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल,प्रवक्ता विनितमणि उपाध्याय र वीरेन्द्र चन्दलगायत ६ जनामध्ये केहीमा कोरोना संक्रमण देखिएपछि कसै कसैलाई कन्ट्याक्ट ट्रेसिङ्गमा राखिएको छ ।

कार्यालयका केही हाकिम र अन्य कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि थोरै कर्मचारीबाट काम चलाउन थालिएको जानकारी दिइएको छ ।

झण्डै दुई सय जना कर्मचारी रहेको निगमको मुख्य कार्यालयमा अधिकांश कर्मचारीले आलोपालोमा काम गर्न थालेपछि मुख्य कामसमेत प्रभावित हुन थालेको छ । कोरोनाको कारण तेल विक्री वितरण हुने पम्पहरुमा समेत आतंक छाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण
चुरे जंगलका निल गाई राजविराज सहरमा