बेलायतमा एमाले छिन्नभिन्न

बेलायतमा एमाले छिन्नभिन्न

नेकपा एमालेको भ्रातृसंस्थाका रूपमा जुलाई २०१७ का दिन बेलायतस्थित प्रवासी नेपाली मञ्चको चौथो अधिवेशनले राजेन्द्र पुडासैनीलाई सर्वसम्मत अध्यक्ष छान्छ ।

राजनीतिक संगठनमध्ये क्रियाशील र प्रभावकारी संगठन थियो यो । सन् २०१८ मा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि प्रवास कमिटी झनै शक्तिशाली बन्यो ।

खड्गप्रसाद ओलीले भक्त गुरुङलाई अध्यक्ष बनाउन खोज्दा पार्टी स्थायी कमिटीले विधि र प्रक्रियाअनुसार राजेन्द्र पुडासैनीलाई नै जिम्मेवारी दियो भने माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च युकेका अध्यक्ष सुरेश गौतमले सचिवको जिम्मेवारी पाए ।

एकतापछि दुवै संगठनको नामसमेत परिवर्तन गर्दै प्रवासी नेपाली एकता मञ्च युके राखिएको थियो । तर, नेकपाभित्र विवाद बढेपछि भक्त गुरुङको संयोजकत्वमा प्रवास समूह गठन भयो ।

समानान्तर कमिटीमा लागेका मानिस मूल संगठनमा निष्क्रिय भएकाले अध्यक्ष पुडासैनीले कमिटी पुनर्गठन गरेका छन् । उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने कानुन बेलायतमा रहेको भनेर संसारभर झुट बोल्दा त्यसको डटेर प्रतिवाद गर्यौँठ ।’

टिप्पणीहरू