धादिङ अस्पतालका स्वास्थ्यकर्मी संकटमा

धादिङ अस्पतालका स्वास्थ्यकर्मी संकटमा

धादिङका १० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जनाको रिपोर्ट पोजिटिभ आएको हाे ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा गरेर सबै सेवाहरु प्रवाह गरिरहेको बताइएको छ । याेसँगै धादिङ अस्पतालमा कोरोना संक्रमित हुनेकाे संख्या १३ जना पुगेको छ ।

टिप्पणीहरू