एमाले नेता खनाल अस्पताल भर्ना

एमाले नेता खनाल अस्पताल भर्ना

निमोनिया र कोरोनाको आक्रमणमा पर्नुभएका एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य छ ।

पूर्व राजा,रानी र पूर्व अधिराजकुमारी प्रेरणामा त्यहीँ स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ । हरिद्वारको कुम्भमेलाबाट संक्रमित भएर फर्कनुभएकी पूर्व रानी कोमल शाहलाई आइसियुमा सारेर प्लाज्मा थेरापी बिधिबाट उपचार गरिँदैछ ।

नर्भिकमै नेपालका खर्वपति बिनोद चौधरीका छोरा बरुणलाई समेत कोभिड-१९ सम्बन्धी संक्रमणको निम्ति भर्ना गरिएको छ ।

टिप्पणीहरू