सरकारले हात उठाकोमा डाक्टरहरु आगो

सरकारले हात उठाकोमा डाक्टरहरु आगो

सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने भन्दै हात उठाएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज एक विज्ञप्ती जारी गर्दै,नेपाली जनताको स्वास्थ्यको जिम्मेवार नेपाल सरकार भएको हुँदा सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्वबाट पन्छन नमिल्ने भन्दै सरकारलाई जिम्मेवार हुन आग्रह गरेको छ ।

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तीमा चिकित्सक तथा स्वाथ्यकर्मीलाई कोभिड विरुद्धको खोप चाँडोभन्दा चाँडो लगाएर महामारीसंग जुध्न तयार बनाउन पनि माग गरिएको छ ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढेको र उनीहरुको उध्दार,उपचार र व्यवस्थापन गर्नसमेत माग गरेको छ । साथै महामारीसंग जुध्न संघ सरकारसंग हातेमालो गर्न तयार रहेको समेत उल्लेख छ ।

टिप्पणीहरू