निषेधाज्ञामा पनि जाली माया

निषेधाज्ञामा पनि जाली माया

लोक दोहोरीको बजारमा नयाँ गीत जाली माया आजदेखि बजारमा आएको छ । उक्त विधामा तिज महामारी काण्ड, ओए कान्छु म प्रदेश जान्छु, रिवन केशैमालगायतका गीतबाट चर्चा कमाएका पुरुषोत्तम पौडेलले जाली मायाले बोलको गीत बजारमा ल्याएका छन् ।

आफ्नै भाई शिव पौडेलको शब्द रचनामा सजिएको जालीमायाले बोलको गीतमा पौडेलले अभिनयसमेत गरेका छन् । ए निर जाले बोलको गीतपछि पौडेलले जाली मायाले बोलको गीतमा समाजको सोचाई, प्रेम तथा परिवारमा प्रत्यक्ष असर पार्ने नेपाली समाजलाई चित्रित गरेका छन् ।

गीतमा पुरुषोत्तम पौडेलको लय तथा स्वर रहेको छ भने महिलातर्फ समीक्षा अधिकारीले आवाज दिएकी छन् ।
मारुनील स्टुडीयोमा रेर्कडिङ भएको उक्त गीतको अडियो सम्पादन कुमार रानाले गरेका हुन् भने एरेन्ज कमल सौरागले गरेका छन् ।

कपिल लामाको निर्देशन शिब पौडेलको सम्पादन रहेको म्युजिक भिडियोमा सारिका के.सी, पुरुषोत्तम पौडेल, शिव पौडेल, खेम बा, गोमा न्यौपाने, आशिस्मा न्यौपाने, सलिना मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

बाँकी भिडियाेबाट…

टिप्पणीहरू