चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका–७, ठूलोगाउँ बस्ने आश पुनको ९ वर्षीय छोरा अभिषेक पुनको बिहीबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको हो ।

टिप्पणीहरू