आईपीएलका सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

आईपीएलका सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

रौतहटमा अनलाइन मार्फत् आईपीएलको सट्टेबाजी गर्ने तथा जुवा खेलाउने पक्राउ परेका छन् । गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिरकुमार जैसवाललाई सट्टेबाजीमा प्रयोग गरेको मोबाइलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको युनिभर्सल मोबाइल एसेसोरिज पसलमा डायमण्ड एक्सन अनलाइन् मार्फत् आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जैसवालले अनलाइन मार्फत् ४८ जनाको समूह बनाई सट्टेबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीमाथि जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने अन्तर्गतको कसुरमा अदालतबाट ७ दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

टिप्पणीहरू