राष्ट्रपतिको उद्घाटनमा यति ठूलो बेइज्जत

राष्ट्रपतिको उद्घाटनमा यति ठूलो बेइज्जत

झण्डै एक महिनाअघि ठूलो तामझामका साथ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको भृकुटीमण्डपस्थित सार्वजनिक धाराको उचित प्रयोग हुन छाडेको छ ।

बाटो हिँड्ने बटुवा, विद्यार्थी,पर्यटकलगायतका लागि लक्षित गरेर स्थापित मेलम्ची खानेपानीको धारा लुगा धुने काममा प्रयोग हुँदा सरोकारवाला निकायको रमिता रहस्यमय छ ।

निर्माण शुरु भएको दुई दशकपछि काठमाडौँ झारिएको मेलम्ची खानेपानीको विभिन्न स्थानमा गरेर चार पटक उद्घाटन गरिएको थियो । अन्तिम पटक राष्ट्रपतिले भृकुटीमण्डपमा बनाइएको उक्त सार्वजनिक धाराको टुटी खोलेर उद्घाटन गर्नुभएको थियो ।

तर उद्घाटनको एक महिना नबित्दै धारो बेवारिस बन्ने खतरा देखिएको छ ।
सरकारले आफ्नो पालामा निर्माण सम्पन्न गरेको जस लिन हतारमा उद्घाटन गरेको भन्दै त्यतिबेलै धेरैले आलोचना गरेका थिए ।

वर्षौंको प्रतीक्षापछि ल्याइएको खानेपानी सिंहदरबार नजिकै गलत प्रयोग भएको न शीतल निवासले देख्छ,न बालुवाटारले ।

टिप्पणीहरू