पत्रकारलाई कामबाट ननिकालियोस् : पत्रकार महासंघ

पत्रकारलाई कामबाट ननिकालियोस् : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कार्यक्षेत्रमा खटिएका पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अनुरोध गर्नुभएको छ ।

पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भए पनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन अनुरो गर्दै कोरोनाको कारण देखाएर श्रमजीवी पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिकलगायत सेवा, सुविधा नदिने जस्ता कार्य नगर्न सञ्चारगृहलाई आग्रह समेत गर्नुभएको छ ।

महासंघले कोरोना महामारीमा फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चारगृहहरूलाई आग्रह गरेको छ । कोभिड संक्रमण देखा परेका पत्रकारको उपचारका लागि निश्चित् अस्पतालको व्यवस्था गर्न पनि अध्यक्ष पोखरेलले सरकारसँग माग गर्नुभएको छ ।

जोखिमको समयमा खटिएका पत्रकारहरूलाई कामबाट निकाल्ने, विस्थापित गर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको उहाँले बताउनुभयो ।

महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरूको लागि तत्काल गर्नुपर्ने काम र दीगो व्यवस्थापनको क्षेत्रमा काम गर्न शुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

टिप्पणीहरू