निषेधाज्ञा लगाइएको सडकमा सुरक्षाकर्मीले गाए सन्देशमूलक गीत

निषेधाज्ञा लगाइएको सडकमा सुरक्षाकर्मीले गाए सन्देशमूलक गीत

भारतमा एक जना सुरक्षाकर्मीले सडकमा गस्तिको समयमा कोरोनाबाट बच्न जनचेतनामूलक गीत गाएका छन् ।

कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतमा स्वास्थ्य प्रोटोकल उल्लंघनको प्रवृति बढेको भनिएका बेला अति प्रभावित क्षेत्रमा खटिएका ती सुरक्षाकर्मीले कोरोनासम्बन्धी गीत गाएर सर्वसाधरणलाई सचेत गराएका हुन् ।

गीतमा ‘महामारी हो कोरोना, केही पनि तिमी नगरन, योसँग डराएर घरमै बसन, केही दिनको कुरा त हो, नतोड सरकारले दिएका ती नियमहरू’ जस्ता सन्देशमूलक शब्द प्रयोग गरिएको छ ।

सुरक्षाकर्मीले चेतनामूलक गीत गाइरहँदा कतिपय स्थानीय घरको छतबाट कोही बाटोमै उभिएर सुनिरहेका देखिन्छन् । ‘कोरोना हार्नेछ र मेरो देश फेरी खुल्ला हुनेछ’ भनेर गीतको अन्त्य गर्दा सबैले ताली बजाएर खुशी व्यक्त गरेको देखिन्छ । उक्त गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भारतमा कोरोना महामारीले डरलाग्दो रुप लिइरहेको छ । उच्चदरले कोरोना संक्रमित देशको सूचीमा भारत दोस्रो स्थानमा छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगर्ने र महामारीलाई सरकार र जनस्तर दुुबैतर्फबाट गम्भीर रुपमा नलिएका कारण भारतमा संक्रमण तीब्र बढेको बताइन्छ ।

टिप्पणीहरू