राजधानी नजिकै कोरोना संक्रमणदर ९० प्रतिशत देखियो, पनौतीको एउटा वडा पूरै शिल

राजधानी नजिकै कोरोना संक्रमणदर ९० प्रतिशत देखियो, पनौतीको एउटा वडा पूरै शिल

काभ्रपलाञ्चोकको पनौती नगरपालिकाको एउटा वडामा कोरोना संक्रमणदर ९० प्रतिशत भेटिएको छ । बिहीबार नगरपालिकाको अनुसन्धान तथा खोजपड्ताल टोलीले १० नम्बर वडाका १० जनामा गरेको परीक्षणमा ९ जनाको रिपोर्ट पोजिटिभ आएको बताएको छ ।

हिजो गरिएको परीक्षणको रिर्पोट आज बिहान आएको हो । उक्त रिपोर्टको आधारमा पनौतीमा संक्रमणदर ९० प्रतिशतले उकालो लागेको भन्न सकिने टोलीका एक जना सदस्यले बताएका छन् ।

पनौती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सिनाका अनुसार वडा नम्बर ३ मा तीन महिला र तीन पुरुष गरी ६ जना, वडा नम्बर ८ मा २ जना पुरुष तथा वडा नम्बर ९ मा १ पुरुष गरी थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो दुई दिनको अन्तरालमा जनप्रतिनिधिसहित २९ जनामा कोरोना संक्रमण र एक महिलाको निधन भएपछि पनौती नगरपालिकाको वडा नम्बर १० हिजोदेखि अनिश्चित कालका लागि शिल गरिएको छ ।

शिल गरिएको क्षेत्रमा भेटघाट, उद्योगधन्दा, शुभ कार्य, सभा–समारोह नगर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू