निषेधाज्ञाको दोश्रो दिन (फोटो / भिडियो)

निषेधाज्ञाको दोश्रो दिन (फोटो / भिडियो)

कोरोना महामारीबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञाको दोस्रो दिन उपत्यकामा आंशिक प्रभाव परेको छ । हिजोको तुलनामा आज सडकमा सवारी साधन बढी गुडेका छन् ।

हिजो भन्दा आज नीजि सवारी साधन बढी देखिएका छन् । ठूलो संख्यामा भाडाका ट्याक्सी चलेका छन् । अरु सार्वजनिक यातायात भने पूर्णत: बन्द छ । उधोगधन्दा, व्यापार-व्यवसाय, शिक्षण संस्था, पसललगायत सबै बन्द छन् । स्थानीय प्रशासनले तोकेको अत्यावश्यक सेवा खुला गरिएको छ ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन सुरक्षाकर्मीले चोक-चोकमा कडाइका साथ् चेकजाँच गरिरहेका छन् । ट्राफिक प्रहरीले डेडिकेटेड चेक प्वाइन्ट र ब्यारिकेड राखेर चेकिङ्ग कार्यलाई जारी राखेको बताएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ ।

केही व्यवाहारिक जटिलताका कारण निशेधाज्ञा कडाइका साथ लागू गराउन नसकिएको चेकजाँचमा खटिएका प्रहरीहरु बताउछन् । ‘बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय खुलै छन् । अब काममा हिँडेका कर्मचारीलाई रोक्न पनि अप्ठेरो’, जावलाखेलमा चेकजाँचमा खटिएका एक प्रहरीले भने, ‘सरकारले के-के बन्द गर्ने हो, के-के खुला राख्ने हो प्रष्ट भन्दिए लागू गर्न सहज हुन्थ्यो ।’

शहरका प्रमुख पर्यटकीय तथा सांस्कृतिक क्षेत्रमा मानिसको बाक्लै हिँडडुल देखिएको छ । हिजो बन्द रहेका भित्रि गल्लीका कतिपय पसल आज खुलेका छन् । औषधि पसलमा हिजोदेखि नै ठूलो भिड लागेको छ ।

 

 

टिप्पणीहरू