निषेधाज्ञाको उद्देश्य राजनीतिक अभिप्राय होइन : उपप्रधानमन्त्री पोखरेल

निषेधाज्ञाको उद्देश्य राजनीतिक अभिप्राय होइन : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएको हुँदा यस पटकको व्यवस्थापन सहज हुने बताउनुभएको छ ।

कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न निषेधाज्ञा गरिएको बताउँदै उहाँले कुनै राजनीतिक अभिप्रायले नगरिएको प्रष्ट पार्नुभयो ।

निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा, जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि उहाँले आग्रह गर्नुभयो ।

संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न सरकारले प्रयास गरिरहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले कोरोनासँग लड्नु सबैको सबैको साझा दायित्व भएको बताउनुभयो ।

अहिले जनता आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको उहाँको सुझाव छ । सरकारले परिस्थितिको गाम्भीर्यतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न आग्रह गर्नुभएको छ ।

स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर आफू अनुकूलको व्यवस्थापन विधि अपनाउन उक्त अधिकार दिएको समेत उपप्रधानमन्त्री पोखरेलले बताउनुभएको छ ।

टिप्पणीहरू