कोरोनाले लाइसेन्स पनि बन्द

कोरोनाले लाइसेन्स पनि बन्द

यातयात व्यवस्था विभागले अनलाइनमार्फत् सर्वसाधारणलाई चालक अनुमतिपत्रको आवेदन भराउँदै आएकोमा तत्कालका लागि उक्त सेवा बन्द गरेको छ ।

वैशाख १६ गतेदेखि लागू हुनेगरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाईन सेवा बन्द गरेको विभागले जनाएको छ ।
अघिल्लो वर्षको चैतमा बन्दाबन्दी शुरु गरेपछि रोकिएको अनलाइन सेवा गत पुषदेखि सञ्चालनमा आएको थियो ।

गत वर्षको असारदेखि बन्दाबन्दी केही खुकुलो भएपछि नवीकरण र छापिएका अनुमतिपत्र वितरण हुँदै आए पनि नयाँ छाप्ने कार्य भने रोकिएको थियो । विभागले अझै पाँच लाख अनुमतिपत्र छाप्न बाँकी रहेको बताइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै उपत्यकामा निषेधाज्ञा शुरु भएपछि अनलाइन सेवा बन्द गरिएको विभागले जनाएको छ ।

टिप्पणीहरू