किशोरीलाई जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–५, छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्रकुमार महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महतोले ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग, खरिपाटीबाट खटिएको प्रहरीले तत्काल पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू