दुई षुरुष मृत फेला

दुई षुरुष मृत फेला

छुट्टाछुट्टै ठाउँमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको दुहबी नगरपालिका–९, जयबाबा इँटा उद्योग नजिकैको सानो खोलास्थित दहमा परिचय नखुलेका पुरुष बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी सुनसरीकै इनरुवा नगरपालिका–५, बलाहामण्डल टोलस्थित नहरको डिलमा भोक्राहा नरसिंह गाउँपालिका–२ महतो टोल बस्ने ६० वर्षीय देवनारायण महतो पनि बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू