श्रीमती मार्ने श्रीमान् पक्राउ

श्रीमती मार्ने श्रीमान् पक्राउ

नवलपरासीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

प्रतापपुर गाउँपालिका–४, ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई ३० वर्षीया श्रीमती सलन्ती हरिजनको हत्या गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विषयमा भएको झगडामा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिदस्मृति सामुदायिक अस्पताल, चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू