अर्का मन्त्रीमा पनि कोरोना पुष्टि

अर्का मन्त्रीमा पनि कोरोना पुष्टि

खानेपानी मन्त्री मणि थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थापाको सचिवालयले पुष्टि गरेको हो ।

आइतबार मन्त्री थापाकी छोरीमा कोरोना संक्रमण पुष्टि भएसँगै थापासँगै सचिवालयका १० जनाको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि मन्त्री थापा हिजैदेखि मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेको बताइएको छ ।

टिप्पणीहरू