काठमाडौं महानगरले निःशुल्क एम्बुुलेन्स सेवा दिने

काठमाडौं महानगरले निःशुल्क एम्बुुलेन्स सेवा दिने

काठमाडौंवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन आज काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौ जिल्ला कार्यसमिति ) बीच सम्झौता भएको छ ।

सम्झौतामा महानगरको तर्फबाट शहरी स्वास्थ्य विभागका निर्देशक हरिबहादुर थापा र संयुक्त एम्बुलेन्स चालक संघ, काठमाडौंको तर्फबाट गोबर्धन सापकोटाले हस्ताक्षर गरेका छन् ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा भएको सम्झौतामा कोभिड १९ को दोस्रो लहर रोकथामको लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञाको कारण महानगरवासीलाई तत्काल उपचारको लागि अस्पताल जानुपर्ने वा अस्पतालबाट घर तथा डेरा फर्कनुपरेको अवस्थामा ती एम्बुलेन्सको सेवा निःशुल्क लिन सकिने उल्लेख छ ।

एम्बुलेन्स सेवा लिनको लागि सम्बन्धित व्यक्ति तथा परिवारले महानगरको ११८० नम्बरमा फोन गर्नुपर्ने हुन्छ । अहिले उक्त सेवा १० वटा एम्बुलेन्सबाट सञ्चालन गरिने छ ।

हाल घोषणा गरिएको १५ दिनको निषेधाज्ञा अवधिको लागि महानगरले संघलाई १ लाख २१ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

टिप्पणीहरू