प्रशासनले सवारी पास नदिने

प्रशासनले सवारी पास नदिने

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सवारी पास नदिने भएको छ ।

निषेधाज्ञाको समयमा सवारी पासको चरम दुरुपयोग गरिएको जनाउँदै कार्यालयले पास नदिने बताएको हो ।

भोलिदेखि मृत्युसंस्कार तथा अत्यन्त जरुरी कामबाहेक अरुले सवारी पास नपाउने प्रशासनले भनेको छ ।

प्रशासनबाट निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन,बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान,बीमालगायत नेपाल राष्ट्र बैँकबाट इजाजतप्राप्त संस्थाका कर्मचारी,विमानस्थलमा आउने जाने यात्रुहरुको हकमा पास लिनुनपर्ने जनाइएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले आज एक सूचना जारी गर्दै पास लिनु नपर्नेहरुलाई समस्या परेमा प्रहरीमा खबर गर्न भनिएको छ । साथै भोलिदेखि मृत्युसंस्कार तथा अत्यन्त जरुरी कामबाहेक अरुले सवारी पास नपाउने प्रशासनले भनेको छ ।

टिप्पणीहरू