सरकारको आदेश पालना गर्न गृहको अनुरोध

सरकारको आदेश पालना गर्न गृहको अनुरोध

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले संक्रमण तीब्र गतिमा फैलिरहेकाले अहिलेको परिस्थितिको सामना गर्न सरकारद्वारा जारी निर्देशन एवम् स्वास्थ्य मापदण्डको पालनाका निम्ति अनुरोध गरेको छ ।

सरकारको बैशाख १३ गतेको निर्णयले कोरोनाबाट अतिप्रभावित जिल्लाहरुमा आवश्यक नियन्त्रण तथा नियमन गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई दिइएको छ ।

सरकारले स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्नसक्ने अधिकार दिएपछि देशका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागू गरिएका छन् ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा आज बिहानदेखि निषेधाज्ञा लागू भएको हो ।

टिप्पणीहरू