आठराईका पुरुषलाई लग्यो चट्याङले

आठराईका पुरुषलाई लग्यो चट्याङले

तेह्रथुममा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ । आठराई गाउँपालिका–४, कालिकाका ४६ वर्षीय लोकमान गुरुङको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तितर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू